नेप्से झिनो अंकले सुधार



काठमाडौं : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ ।

सोमबार उच्च अंकले बढेको बजार आज केही सुस्ताएर झिनो अंकले मात्रै वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.७७ ले वृद्धि भई १ हजार ४००.०१ मा पुगेको छ । लामो समयपछि नेप्सेले १ हजार ४०० माथि पुगेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक १.०९ ले वृद्धि भई २९४.९५ मा पुगेको छ । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने २ अर्ब माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज ५ उपसमूहको मात्रै शेयर उकालो लाग्दा ७ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ७.५३, व्यापार २.९५, विकास बैंक १४.५५, उत्पादन ३०.७५ र सामूहिक लगानी कोष ०.२ विन्दुले बढेको छ ।

यस्तै होटल ३३.२६, जलविद्युत् १७.६२, वित्त ५.८५, निर्जीवन बीमा ११.१५, अन्य २.३५, लघुवित्त १३.१ र जीवन बीमा ४५.९३ ले घटेको छ । कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १० करोड ६५ लाख १५ हजार ६६२ बराबरको कारोवार भयो ।

यस्तै एनएमबी बैंक ९ करोड ५९ लाख १६ हजार ७३, हिमालयन डिस्टिलरी ९ करोड १४ लाख ९३ हजार ७६२, शिवम सिमेन्ट ७ करोड ५६ लाख ६९ हजार ४९१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ६ करोड ९५ लाख ८६ हजार ६२८, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६करोड ६१ लाख ७१ हजार ५७३ बराबरको कारोवार गरी शीर्ष स्थानमा रहेको छ ।

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८७, घलेम्दी हाइड्रो ९.५२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७.१७, माउन्टेन हाइड्रो ४.३०, राष्ट्रिय बीमा कम्पनी ४.२४ र बोटलर्स नेपाल तराईका शेयरधनीले ४.१८ प्रतिशतले कमाए भने लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६८, पाँचथर पावर कम्पनी ४.५१, सेन्ट्रल फाइनान्स ३.८४, गुह्येश्वरी मर्चेन्ट बैंक ३.६७ र नेपाल फाइनान्सका शेयरधनीले ३.६४ प्रतिशतले गुमाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्