बेलायती महारानीका पति फिलिप दुर्घटनामा घाइते



बेलायत:  बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप सवारी दुर्घटनामा घाइते भएका छन् । 

दुर्घटनापछि उनलाई एक अस्पतालमा उपचारका लागि लगिएको अधिकारीहरुले जनाएका छन् । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । 

९७ वर्षीय फिलिप सवार मोटर भने क्षतिग्रस्त भएको छ । दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको छ । अन्य सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्