विस्फोटक पदार्थसहित ५ जना पक्राउ



खाँदबारी : आज विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा) का ५ जना कार्यकर्तालाई चैनपुर नगरपालिका-१ गुफापोखरीबाट पक्राउ गरेको छ ।

जिल्ला सदस्य चैनपुर-४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित ५ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । शकांस्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ । पक्राउ परेका अन्य ४ जनाको नाम भने प्रहरीले खुलाएको छैन । फागुन २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले फागुन ६ गते सार्वजनिक गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्