‘प्रेमलीला’ फागुन १० मा रिलिज हुने 



काठमाडौं : नायिका दीपशिखा खड्काको कथा, पटकथा तथा संवादमा तयार भएको फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर सार्वजनिक भएको हो  । ‘प्रेमलीला’ फिल्म फागुन १० गते रिलिज हुन लागेको छ । दुई देशका युवक युवतीबीचको प्रेमकथामा यो फिल्म तयार भएको छ ।

यस फिल्मा चन्दन दत्त र सालिक दुलालको सम्पादन, पवन गौतमको छायांकन, रामजी लामिछाने र युवराज वाइवाको कोरियोग्राफी, रायवन थापाको एक्सन रहेको छ । यस फिल्ममा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारहरुका प्रमुख भूमिका रहेको छ ।

यस फिल्मामा दुई देशमा बस्ने युवायूवतीको प्रेम, विछोड, धोका र बदलाको कथालाई उठाइएको छ ।  फिल्ममा नायिका खड्कालाई दर्शकले २ वटा अवतारमा देख्न सक्छन् । खड्काले आफूलाई रोमान्टिक नायिकाको रुपमा देखाएकी छिन् भने अर्को तिर उनले बदला लिने युवतीको भुमिकामा पनि आफूलाई ढालेकी छिन् । जनक पाण्डेले यस फिल्मको निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्