एक वर्षमै अक्षय कुमारले कमाए साढे तीन अर्ब 



एजेन्सी : फोर्ब्स म्यागजिनले विश्वमा सबैभन्दा बढी कमाउने नायक र नायिकाको सूची सार्वजनिक गरेको छ ।  यस सूचीमा बलिउडका नायक अक्षयकुमार पनि परेका छन् ।

फोर्ब्सको सूचीमा अक्षय कुमार ८०औं स्थानमा परेका छन् । उनले सन् २०१७ मा मात्रै ३५.५ मिलियन डलर (३ अर्ब ५९ करोड नेपाली रुपैयाँ ) कमाएको फोर्ब्सले जनाएको छ । अक्षयले यो सूचीमा परेकाले आफू खुसी भएको बताएका छन् ।

 

उनले भनेका छन्, ‘मलाई अहिले पनि त्यो दिन याद आउँछ जुन दिन म मुम्बईमा अभिनय सिक्न चाहन्थें तर मसँग फी तिर्ने पैसा पनि हुँदैनथ्यो । 

अक्षय कुमारले अन्दाज, ट्वाइलेट एक प्रेम कथा, खेलाडी, रावडी राठोर, टु प्वाइन्ट जिरो, सुहाग, मोहरा, प्याड म्यान, सैनिक, ग्लोड, बेबी, हेराफेरी, स्पेसल २६, नमस्ते लन्डन, होलिडे, अजनवी, जानवर, पटियाला हाउसलगायतका दर्जनौं फिल्ममा काम गरिसकेका छन् ।

 

अक्षयकुमारको अब आउने फिल्महरुमा केसरी, हाउसफुल फोर, सूर्यवंशी, हेराफेरी तीन लगायतका फिल्म छन् । 

प्रतिक्रिया दिनुहोस्