फागुन ९–१३ मा काठमाडौंमा फिल्म फेस्टिभल



काठमाडौं : अघिल्लो वर्ष पोखरामा आयोजना गरिएको पहिलो ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ (निफ) को सफलतापछि त्यसको दोस्रो संस्करण काठमाडौंमा आयोजना हुने भएको छ । फेस्टिभलका आयोजकले फेस्टिभल फागुन ९ गतेदेखि १३ गतेसम्म हुने जानकारी दिएका छन् ।

फेस्टिभलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा  पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएका छन् । फेस्टिभलको जुरी कमिटीमा स्वदेशीसँगै विदेशी फिल्मकर्मीहरु पनि हुनेछन् ।  फेस्टिभलमा यसपटक ३१ राष्ट्रका ५९ वटा फिल्म प्रदर्शनका लागि अन्तिम चरणमा पुगेका छन् । ५९ फिल्ममा नेपालका १६ फिल्म छन् । 

फेस्टिभलमा  समावेश भएका विदेशी फिल्ममा ३१ वटा सर्ट फिल्म र ६ वटा फिचर फिल्म छन् । यस्तै नेपाली फिल्महरुमा ६ वटा फिचर र १० वटा सर्ट फिल्म परेका छ । यस फेस्टिभलमा नेपालले अन्तर्राट्रिय सहकार्यमा बनाएका दुई वटा सर्ट फिल्म पनि समावेश गरिनेछ ।

 

फेस्टिभलमा नयाँ फिल्म मेकर्सहरुका लागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रम पनि आयोजना गरिने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्