काेलम्बियामा तीनदिने राष्ट्रिय शाेक



बोगोटा : कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । 

यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भीषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारीसाधन विस्फोट गराएकाे रक्षा मन्त्रालयले जानकारी दिएको छ । 

दुर्भाग्यवश यस बम आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र मृतकहरुमा आक्रमणकारीसमेत रहेका पनि सो समाचारमा बताइएको छ । यस घटनामा परी घाइते भएका ६८ जनामा ५८ उपचारपछि घर फर्केका बताइएको छ । रक्षा मन्त्रालयले सुरुमा दिएको जानकारीअनुसार यस आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै ६५ घाइते भएका थिए । 

कोलोम्बियाका राष्ट्रपति इभान डुक्वेले यस घटनापछि दुःख व्यक्त गरेका छन् । उनले एउटा ट्वीटमा लेखेका छन्, 'सबै कोलोम्बियाली आतङ्कवदलाई अस्वीकार गर्छन् र सबै एक भई आतङ्कवादविरुद्ध लड्नेछन् ।' यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैन ।

प्रतिक्रिया दिनुहोस्