सुदूरपश्चिम प्रदेश राजधानी : सर्वोच्चद्धारा सरकारका नाममा कारण देखाउ आदेश



काठमाडाैं : सुदूरपश्चिम प्रदेशको संसदले गरेको प्रदेश राजधानी तेघरी बनाउने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले पुन: कारण देखाउ आदेश जारी गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको संवैधानिक इजलासले गोदावरी राजधानी बनाउने निर्णयमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित विभिन्न निकायको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

राजधानी तोक्दा अवैज्ञानिक र असंवैधानिक तरिकाले तोकिएको भन्दै अधिवक्ता मनिस कुमार श्रेष्ठसहित ९ जनाले दायर गरेको रिटमा पहिलो पेशी शुक्रबारका लागि तोकिएको थियो । 

रिटको पक्षमा रिटकर्ता अधिवत्ता मनिष कुमार श्रेष्ठ, अधिवत्ताहरु डाक्टर सुरेन्द्र भण्डारी, अनन्त कार्की, रामेश्वर कोईराला, तारा प्रशाद तिमिल्सिना, अनन्त पराजुली, सुधीर बंगाल लगायत १० जनाले बहस गरेका थिए । 

सुदूरपश्चिम प्रदेशको राजधानी तेघरीको जंगलमा राजधानी बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध यसअघि अधिवक्ता देवीकुमारी जोशीद्धारा दायर रिट निवेदनमा पनि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्