ट्रम्प र किमबीच शिखर वार्ता भियतनाममा गर्न प्रस्ताव 



होनाई: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने गइरेहको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनाम गर्ने यहा प्रधानमन्त्री गुऐन जुआन फुकले इच्छा व्यक्त गरेका छन् । उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी किम जोङ चोल शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ गएको र उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने अनुमान गरिएको छ । 

भेटवार्तापछि ट्रम्प र किमबीच दोस्रो चरणको भेटवार्ताको विस्तृत विबरण सार्वजनिक हुने आशा गरिएको छ । दोस्रो शिखर सम्मेलनको समय तालिका र सम्भावित स्थानको विषयमा छलफल हुने अनुमान छ । 

अमेरिकी राष्ट्रपति  ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गत जुनमा सिङ्गापुरमा भएको शिखर वार्तापछि यो दोस्रो वार्ता हुन लागेको हो । पहिलो वार्तापछि उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच सम्बन्धमा सुधार आएको थियो । 

पहिलो शिखर वार्तामा छिट्टै अर्को शिखर वार्ता हुने भनिएपनि अहिलेसम्म आयोजना हुन सकिरहेको छैन । तर अमेरिकी सञ्चारमाध्यमहरुले जर्नेल चोलको यो भ्रमणपछि दुई देशबीचको आगामी शिखर वार्ताको मिति तय हुने अनुमान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्