कंगना रनावत नयाँ फिल्मको प्रमोसनमा



एजेन्सी : बलिउड नायिका कंगना रनावत आफ्नो नयाँ फिल्म ‘मणिकर्णिका द क्वीन अफ झासी’को प्रमोसनमा व्यस्त छिन् ।

लामो समयपछि नायिका रनावत ‘मणिकर्णिका द क्वीन अफ झासी’ मार्फत दर्शकमाझ आउन लागेकी हुन् । यो फिल्म बायोग्राफीमा आधारित हो । झासी रानीको जीबनकथामा आधारित फिल्म ‘मणिकर्णिका द क्वीन अफ झासी’ जनवरी २५ मा रिलिज हुंदैछ ।

फिल्मको ट्रेलरमा कंगनाको दमदार एक्सन देखाइएको छ । रानीको भुमिकामा रहेकी उनि युद्धको मैदानमा अंग्रेजसँग युद्धमा लडिरहेको देखिन्छिन् ।  कंगनाले आफ्नो भुमिकालाई प्रभावशाली देखाउन धेरै मेहनत गरेको देखिन्छ । फिल्मको निर्देशन कृष जगारला मुंडीले गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्