पुल माग गर्दै चौथो दिन पनि अनसन जारी



जनकपुरधाम : धनुषा र सिरहा जोड्ने कमला तथा सिरहा र सप्तरी जोड्ने बलान खोला पुल निर्माण गर्न दबाब दिने उदेश्यले मंगलवारबाट सुरु भएको २४ घण्टे रिले अनशन चौथो दिन पनि जारी छ ।

जनकपुरको जनकचोकस्थित जनक मन्दिर नजिकै पिपल बोटमा माघ १ गतेबाट सिरहाका पाँच जनाले अनसन सुरु गरेका थिए ।

आठ वर्ष पहिले ठेक्का लागेको पुल निर्माण कार्य अलपत्र परेपछि दबाबका लागि स्थानीयले अनसन सुरु गरेका हुन् । दुवै पुल निर्माणका लागि पप्पू कनस्ट्रकसनले पाए पनि आठ वर्ष भइसक्दासमेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्