उमेरहदमा कांग्रेसका चार वरिष्ठ नेताको फरक मत



आइतवार दिउसो ४ बजे देखि राती पौनो ११ बजे सम्म बसेको नेपाली काग्रेसको केन्द्रिय कार्यसमिती बैठकले नेविसंघमा ३२ बर्षीय उमेर हद लगाउने निर्णय गर्यो । बहुमतद्धारा पारित गरिएको उमेर हद माथी काग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंहले संयुक्तरुपमा फरक मत राखे । उनीहरुले बैठकमा फरक मत राख्दै नेविसंघको महाधिवेशन समेत नगर्ने मनसायका साथ यो उमेरहद ल्याउन लागीएको दावी गरे ।

 

यस्तो छ चार नेताको फरक मत

आज आश्विन २१, २०७५ मा बसेको नेका केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल विद्यार्थी संघको विधान सम्बन्धमा फरक मत

नेपाल विद्यार्थी सङ्घ ले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको  नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संसोधन २०७५ लाई पन्छाएर विधि , प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मसयौदा प्रस्तुत भएको र अध्ययन गर्ने समय सम्म नदिई विधान जस्तो मात्वपुर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी ने बि संघ को अधिवेशन समेत नगर्ने मनसायले विधानलाई आंशिक पास गरियो भन्नु सम्पूर्ण रुपले प्रकिया विपरीत छ ।

यो निर्णयले पार्टी तथा पार्टीका संस्थाहरुको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भिर आघात पारेको हाम्रो ठहर छ। तसर्थ हामी यो निर्णयमा असहमति प्रकट गर्दछौं।

रामचन्द्र पौडेल                    

कृष्ण प्र सिटौला

प्रकाशमान सिंह                   

अर्जुन रसिंह केसी

 

प्रतिक्रिया दिनुहोस्