सुनको मूल्य इतिहासकै उच्च



काठमाडौं : सुनको मूल्य आज (बिहीबार) उकालो लागेको छ । यससँगै सुनको मूल्यले नेपाली बजारमा नयाँ किर्तिमान कायम गरेको छ ।

सुनको मूल्य पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ । यो भाउ इतिहासकै महँगो हो ।

यस्तै बिहीबार चाँदी पनि तोलामा ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्