सञ्चारमन्त्री कमिसन प्रकरण : साझा पार्टीले ३ बजे बालुवाटारमा प्रदर्शन गर्ने



काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न माग गर्दै साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रदर्शन गर्ने भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले ७० करोड कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएपछि साझा पार्टीले आज (बिहीबार) दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्ने भएको हो ।

पार्टीका संयोजक रवीन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा जरुरी सूचना जारी गर्दै सो कुरा बताएका हुन् ।

‘कमिसन प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गर्दै झापा पार्टी अहिले दिउँसो ३ बजे प्रधानमन्त्री निवास छेउ बालुवाटारमा प्रदर्शन गर्दैछ ।’ उनले फेसबुकमा लेखेका छन्–‘कृपया सो प्रदर्शनमा सहभागी हुन सबैलाई र समाचार संकलनका लागि सञ्चारकर्मीहरुलाई अनुरोध गर्दर्छौं ।’

प्रतिक्रिया दिनुहोस्