एमसीसी र गोकुल बाँस्कोटाविरुद्ध शाही युवा शक्ति नेपालले प्रदर्शन गर्ने



काठमाडौं : शाही युवा शक्ति नेपालले एमसीसी र गोकुल बाँस्कोटाविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

बिहीबार शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले अपराह्न ३ः३० बजे नयाँ बसपार्कस्थित बिजी मल अगाडि प्रदर्शन गरिने जानकारी दिएका हुन् ।

अध्यक्ष खड्काका अनुसार एमसीसी नेपालको हितविपरित रहेको भन्दै नेपालमा एमसीसी ल्याउन नहुने माग राख्दै विरोध प्रदर्शन गर्न लागेको जानकारी दिएका छन् ।

यसैगरी सेक्युरिटी प्रेस कमिसन प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्न लागेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्