बाँस्कोटाले कर्मचारीलाई अश्लिल बोलेको भन्दै युनियनको आपत्ति



काठमाडौं : सेक्युरिटी प्रेस कमिसन प्रकरणसम्बन्धि सार्वजनिक अडियोमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अश्लिल बोलेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आपत्ति जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै संघका उपमहासचिव दुर्गाप्रसाद फुँयालले सार्वजनिक अडियोमा मन्त्रीले कर्मचारीमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै खेद प्रकट गरेका छन् ।

संघका अध्यक्ष फुँयालले मन्त्रीको शब्दले राष्ट्रसेवक कर्मचारीलाई दुखी बनाएको भन्दै भनेका छन्, ‘अपशब्द प्रयोग गर्ने बाँस्कोटालाई कानूनी कारबाही नभएको खण्डमा बहिष्कार गर्न पर्ने दिन देख्न नपरोस् ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लािग मन्त्री बाँस्कोटाको स्वीस एजेन्टसँग कुराकानी भएको अडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्