महिलातर्फ एपीएफले जनकपुरलाई र पुरुषतर्फ काठमाडौंले एपीएफलाई हरायो



जनकपुरधाम : जनकपुरमा हिजो (बुधबार)देखि शुरु भएको दोश्रो मिनी गिरी महिला एवं प्रथम पुरुष ह्याण्डबल प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा आज (बिहीबार) महिलातर्फ एपीएफले जनकपुरलाई ३८ फराकिलो गोल अन्तरले पराजित गरेको छ भने पुरुषतर्फ काठमाडौंले विभागीय टीम एपीएफलाई १ गोलले हराएको छ ।

पुरुषतर्फको खेलमा एपीएफले निर्धारित समयमा ४२ गोल गरेका थिए भने जनकपुरजम्मा ४ गोल मात्र गर्न सफल रहयो । आज बिहान भएको पहिलो खेलमा टस जितेका एपीएफको टीम बल रोजेर मैदानमा उत्रेका थिए ।

त्यस्तै दोश्रो खेलमा टस जितेको एपीएफलाई एक गोल अन्तरले काठमाडौंले पराजित गरेको छ । निकै नै रोचक भएको दोश्रो खेलमा एपीएफले जम्मा ३३ गोल गरेको थियो भने विजेता बनेका काठमाडौले निर्धारित समयमा ३४ गोल गरेर एक गोल अन्तरले विजयी भएको प्रतियोगिता आयोजकका संयोजक सरोज मिश्रले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने महिला टीमलाई नगद ५१ हजार र ट्रफी, दोश्रोलाई नगद ३१ हजार ट्रफी र तेस्रो हुने टीमलाई नगद २१ हजार र ट्रफी प्रदान गरिने छ भने पुरुषतर्फ प्रथम हुनेलाई नगद ३१ हजार र ट्रफी,दोश्रोलाई २१ हजार र तेस्रो हुने टीमलाई ११ हजार नगदका साथै ट्रफी प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्