आक्रमक ब्याट्सम्यान मुन्सेले पोखरा राइनोजबाट ईपीएल खेल्ने



काठमाडौं : स्कटल्याण्डका जर्ज मुन्सेले पोखरा राइनोजबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट खेल्ने भएका छन्।

पोखराले आज प्रेस विज्ञप्ति निकाल्दै ब्याट्सम्यान मुन्सेले पोखराबाट खेल्ने जनाएको हो। मुन्से बाँया हाते आक्रमक ब्याट्सम्यान हुन्। यससँगै ईपीएलका लागि पोखराले ३ जना विदेशी खेलाडी भित्तयाएको छ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्