बालुवाटारमा साझा पार्टी ‘जनतालाई हेप्नी ?’



काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवासे बालुवाटारमा प्रदर्शन गरेको छ ।

साझा पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीको सरकारी निवासको बाहिरपट्टि भेला भएर सञ्चारमन्त्रीको विरोधमा प्लेकार्ड प्रदर्शन गरेका हुन् । उनीहरुले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरे ।

घुसखोर, कमिसनखोर र विचौलियालाई जेल हाल, जनताको पैसामा कमिसन खाने मन्त्रीलाई कारबाही गर, जनतालाई हेप्नी ? लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्