मन्त्री बाँस्कोटाले राजीनामा दिएपछि नियमित पत्रकार सम्मेलन स्थगित



काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ ।

हरेक हप्ताको बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउन मन्त्री बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आएका थिए ।

सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आजको पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिए ।

सेक्युरिटी प्रेस खरिदमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका मन्त्री बाँस्कोटाले आजै दिउँसो राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्