दुरव्यहार गर्ने वडा अध्यक्षलाई कारवाही नगरे आन्दोलनमा उत्रिने कर्मचारीको चेतावनी



वीरगन्ज : पर्साको बिन्दवासिनी गाउँपालिकाकाका निमित्त प्रशासकिय अधिकृतमाथि हातपात गर्ने वडा अध्यक्ष विरुद्ध कारवाहीको माग गर्दै जिल्लाका निजामति कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन ।

गाउँपालिकामा काम गरीरहेका निमित्त प्रशासकिय अधिकृत मुन्ना कुमार रौनियारमाथि बुधबार सोहि गाउँपालिकाका वडा नं.५ का वडा अध्यक्ष सुकदेव राउत अहिरले गालीगलौज गर्दै हातपात गरेका थिए ।

घटनामा संलग्न वडा अध्यक्ष अहिरमाथि सार्वजनिक अपराध मुद्दा दर्ता गरेर हदै सम्म कानुनी कारवाही गर्नुपर्ने माग गर्दै गाउँपालिकाका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा बिहिबार निवेदन दिएका हुन । वडा अध्यक्ष अहिरबाट क’टिएका प्रशासकिय अधिकृत रौनियार सहितको कर्मचारीहरुको टोलीले सहायक प्रमुुख जिल्ला अधिकारी ललित बस्नेतलाई निवेदन दिदै दोषी वडाअध्यक्ष माथि सार्वजनिक अपराध मुद्दा दर्ता गरी हदैसम्म कानुनी कारवाहीको माग गरिएको छ ।

प्रशासकिय अधिकृत रौनियारले वडा अध्यक्ष अहिरले बुधबार आफूलाई गाली गलौज गर्दै कुटपिट गरी ज्यान मार्ने धम्कीसमेत दिएको निवेदनमा लेखेका छन् । घटनाको विरोधमा एक दिन गाउँपालिकाको सम्पुर्ण कामकाज समेत ठप्प पारेका छन् । दोषीलाई कारवाही नगरिए गाउँपालिकाको अनिश्चितकालिन कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिने कर्मचारीहरुले चेतावनी दिएका छन् ।

निजमती कर्मचारी अधिकारीक ट्रेड युनियन पर्साका अध्यक्ष सुभादार यादवले विगतमा पनि कर्मचारी माथि दुरव्यहारको घटना घटेकाले दोषीलाई यथाशिघ्र पक्राउ गरी कारवाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने, “जिल्लामा कर्मचारहरुलाई काम गर्ने वातावरण छैन, शान्तिसुरक्षाको अभावमा कर्मचारीमाथि हातपात र दुव्यहार हुनु दुखद भएकोले दोषीलाई तीन दिन भित्र पक्राउ गरी कारवाही नगरिए आन्दोलनमा उत्रिने छौ ।”

निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, कर्मचारी मिथेलेश कुशवाहा, कपिल मिश्र लगायतको दर्जनौ कर्मचारीहरु जिल्ला प्रशासन कार्यालयमा प’गेका थिए । बोर्ड बैठकमा आफूलाई नबोलाएको विषयलाई लिएर वडा अध्यक्ष अहिरले अनावश्यक विवाद गरेर गाली गलौज गर्दै प्रशासकिय अधिकृत रौनियारमाथि हातपात गरेका कर्मचारीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्