आफ्ना प्रशंसकसँग विवाह गरेका बलिउडका चर्चित स्टार



काठमाडौं : कलाकारलाई मन नपराउने सायदै कम होलान् । फ्यानले कलाकारलाई मनमा सजाउने गर्दछन् । कोही फ्यान उनीहरुलाई भेट्ने मात्र सपना देख्छन् । कोही फ्यान यस्ता पनि हुन्छन् जसले आफ्नो मनपर्ने कलाकारसँग जिन्दगी बिताउने सपना पनि पालेको हुन्छन् ।

तर सबै फ्यानको सपना भने पुरा हुदैंनन् । तर केहि त्यस्ता फ्यान छन्, जसका बलिउड कलाकारसंग जीवन बिताउने सपना पुरा भएको छ । आज हामी तीनै कलाकारको बिषयमा चर्चा गछौं ।

जितेन्द्र कपुर र शोभा कपुर
कलाकार जितेन्द्र कपुर बलिउडका सुपरस्टार हुन् । थुप्रै हिट चलचित्र खेलेका जितेन्द्रले आफ्नै फ्यान शोभा कपुरसँग घरजम गरे । जितेन्द्र र शोभाको पहिलो भेट ब्रिटीस एरलाइन्सको प्लेनमा यात्रा गर्दा भेटेका थिए । शोभा त्यसै एरलाइन्सकी एरहोस्टेज थिइन् ।

मुमताज र मयुर माधवानी
७० दशककी चर्चित अभिनेत्री मुमताजको नाम अहिले पनि बलिउडमा लिने गरिन्छ । मुमताजले बिबाह भने सो समयका ब्यवसायी मयुर मधवानीसँग गरेकी थिइन् । मधवानी मुमताजका प्रिय फ्यान थिए ।

राजेश खन्ना र डिंपल कपाडिया
राजेश बलिउडका पहिलो सुपरस्टार हुन् । उनका फ्यान निकै थिए त्यो समय । ति मध्यकी एक बलिउडकी चर्चित अभिनेत्री समेत रहेकी डिंपल थिइन् । यी दुबैले १९७३ मा बिबाह गरेका हुन् । राजेशसँग बिबाह गर्दा डिंपल १५ बर्षकी थिइन् ।

विवेक ओबराय र प्रियंका अल्वा
अभिनेता विवेकले पनि आफ्नै फ्यानसँग बिबाह गरेका छन् । फ्यानको रुपमा भेटघाट गर्दा गर्दै यी दुबैले बिबाह निणर्य गरेका हुन् ।

शिल्पा शेट्टी र राज कुन्द्रा
राज पनि शिल्पाको गे्रट फ्यान थिए । बिजनेश म्यान समेत रहेका राज र शिल्पाले राजी खुसीमा बिबाह गरे । केही समयको प्रेमलाई बिबाहमा परिणत गरेका यी दुबैको अहिले डिबोर्स समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्