सूर्य थापाको गाडी चढेर बालकोटतिर गए बाँस्कोटा



काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक प्रधानमन्त्री निवास बालुवाटारमै छोडेका छन् ।

उनले मन्त्री पदबाट राजीनामा दिएपछि झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका हुन् ।

गाडीविहीन भएका बास्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्‍याएका छन् ।

काभ्रे पुर्ख्यौली थलो रहेका बास्कोटाको घर भक्तपुरमा छ । तर, मन्त्री बनेपछि उनी प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्