अवैध सम्बन्ध राख्ने पत्नीको पतिले यौनाङ्गमा सुपरग्लु लगाइदिएपछि…



एजेन्सी : अफ्रिकी मुलुक केन्यामा एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् ।

पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेका थिए । र उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको हालत गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

डेली स्टारको रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका थिए ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

उद्दारकर्ताहरुका अनुसार उनले उनकी पत्नीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएका थिए । र उनी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्