शौचालयमा थुनि कुटपिट गर्ने मेयरको बचाउमा बाराका सिडिओ



वीरगन्ज : बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल किशानलार्इ एक युवालाई शौचालयमा थुनेर कुटपिट गर्ने मेयरको बचाउमा लागेका छन् ।

शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पीडित हरेन्द्र महतो कोइरीले निबेदन दिए कारवाही गर्छु भन्ने प्रजिअ पोखरेल खुलेर नै महागढिमाइ नगरपालिकाका प्रमुख उपेन्द्र यादवको बचाउमा लागेका हुन् ।

पीडित कोइरीले महागढीमाई नगरपालिकाका प्रमुख यादवविरुद्ध कारवाहीको माग गर्दै बिहिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि साँझ ६ बजे बाराका प्रमुख जिल्ला अधिकारी र मेयर यादब मुद्दा मिलाउन गोप्य छलफलमा ब्यस्त भएको स्रोतले जनाएको छ ।

मेयर यादब र बाराका प्रमुख जिल्ला अधिकारी बिच गढिमाई मेला देखी अत्यन्तै घनिष्ट सम्बन्ध भएको कारण प्रजिअ र मेयर बिरुद्ध जान नसकेको प्रशासन निकट एक कम्रचारीको भनाई रहेको छ ।

छोराले भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको आरोपमा बाबुलाई नै शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पीडित कोइरीले आज प्रहरीमा जाहेरी दिएका हुँन् ।

सोही नगरपालकाको वडा नम्बर २ मैनीटोल बस्ने ५५ वर्षिय कोईरीले नगर प्रहरी लगाएर कुटपिट र दुव्र्यवहार गरेको भन्दै कानुनी कारवाहीको लागि मेयर यादवविरुद्ध प्रहरीमा उजुरी दिएको बताए ।

उनले जाहेरीमा भेदभाव तथा अपमानजन्य कसुरमा कारवाही गरी मेयर यादवबाट क्षतिपुर्ति समेत भराई दिन प्रहरीसँग माग गरेका छन् ।

मेयर यादवमाथि कानुनी कारवाहीको माग गर्दै संघीय संसदमा बारा क्षेत्र नं.२ का माननीय रामसहाय यादव , सोही क्षेत्रबाट प्रदेश नम्बर २ का सभा सदस्य बच्चा यादव , पारस साह समेत कोईरीसँगै प्रहरी कार्यालय पुगेका थिए ।

छोरा मुकेश कुशवाहाले गाउँमा सडकको नाला निर्माणमा भईरहेको ढिलासुस्ति बारे मेयर यादवको अडियो सहिँतको भिडियो फेसबुकमा पोष्ट गरेको निहुँमा कोईरीलाई कुटपिट गर्दै नगरपालिकाको शौचालयमा थुनिएको थियो ।

गत वर्ष नैं पुरा भईसक्नु पर्ने नाला निर्माणमा भईरहेको ढलासुस्ति बारेमा मुकेशले अप्लोड गरेको भिडियो अहिले फेसबुकमा भाईरल छ । शुरुमा मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका नगर प्रहरीले फेला पार्न नसके पछि खेतमा काम गरिरहेको अवस्था उनका बाबुलाई समातेर नगर प्रमुख यादवको जिम्मा लगाएका थिए ।

कोईरीले छोरालाई भगाएको भन्दै मेयर यादवले आँफुले लगाएको जुत्ता टाउकोमा राखेर माफी माग्न भनेको र कोइरीले नमाने पछि कुटपिट गर्दै शौचालयमा लगेर थुन्ने आदेश दिएको उनले बताए ।
‘कसुर बिना अपमान र दण्ड सजाय बेहोर्नु पर्यो, कोईरीले भने , अब अरु केही चाहिएको छैन न्याय पाए पुग्छ ।’ जिल्लाका प्रहरी उपरिक्षकलाई उनले गुहारे ।

प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले कोईरीले भेदभाव तथा अपमानजन्य कसुरमा मेयर यादवलाई विपक्षी बनाएर जाहेरी दिएको जानकारी दिए ।

जाहेरी बारे बताउदै प्रहरी उपरिक्षक पङ्गेनीले भने ‘मेयर विरुद्ध जाहेरी परेको छ , चाहे जो भए पनि यो विषयमा आवश्यक छानविन पछि कारवाही अघि बढछ ।’

मेयर यादबले आफना नगरपालिकाका नगर प्रहरी लगाई केहि दिन अगाडि बाराका संचारकर्मी अनिल बर्माले सुचना हक अन्तरगत नपाको अर्च बिबरण मागेको भनि पिटेका थिए ।

प्रतिक्रिया दिनुहोस्