आज यि १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध



काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व मनाइँदैछ । पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको बाक्लो भीड लागेको छ ।

आज महाशिवरात्रिको अवसरमा २० लाख दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरेको छ । जसले गर्दा आज यस क्षेत्रको ट्राफिक व्यवस्था प्रभावित हुने भएको छ । ट्राफिक प्रहरीका अनुसार आज यि १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

दर्शनार्थी र सवारी आवागमनलाई सरल, सहज बनाउन पशुपति क्षेत्रमा ट्राफिक प्रहरी परिचानल गरेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । साथै, महाशाखाले ट्राफिक व्यवस्थापनका लगि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुईपांग्रे र साना सवारीसाधनका लागि तिलगंगा र नक्साल कालो पुल हुँदै आउने गाडीलाई सिफलचौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारीसाधनलाई देव उद्यानस्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ । यस्तै, पासबाहेकका सवारीसाधन, सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त गौशाला तथा बागमती कोरिडोर, जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारीसाधनलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायत स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाइ वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनमा आउने दर्शनार्थीहरूलाई निःशुल्क भोजन, पिउनेपानी, स्वास्थ्य सेवालगायतको व्यवस्था गरिएको जनाएको छ ।

यस्तै, दर्शनार्थीहरूले बढीमा डेढ घन्टासम्ममा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको खतिवडाले जानकारी दिए । कोषका अनुसार आगन्तुक र दर्शनार्थीहरूको सुरक्षाका लागि लागि पाँच हजार सुरक्षाकर्मी, पाँच सय सादा पोसाकका प्रहरी परिचालन भएका छन् । उनीहरूलाई १० हजार स्वयंसेवकले सघाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्