पशुपतिमा साधु बाबाको श्रृङ्गार (फोटोफिचर)



काठमाडौं : हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड मध्येको एक चाड हो महाशिवरात्री । आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्रि मनाइँदैछ ।

शिवरात्रीकै लागि पशुपति क्षेत्रमा साधुहरुको चलहपहल गर्छ । भगवान शिवको आरधनाका लागि विशेष मानिने यो पर्वका लागि नेपालका विभिन्न ठाउँसहित भारतबाट धेरै साधक (नागाबाबा)हरु पशुपतिमा आएका छन् ।

यही पर्वको लागि हरेक वर्ष करिब ४ हजारको हाराहारीमा विभिन्न प्रकारका नागा, दिगम्बर, लालमाहोरा, निर्वाणीलगायतका साधुहरु पशुपती आउने गर्छन् । ति साधुहरु उपत्यका बाहिर, भारत तथा तेस्रो मुलुकहरुबाट आउने गर्छन् ।

पशुपतिमा देखिने साधुहरुमा कोही अघोरी, कोही गेरु वस्त्रमा देखिने साधरण साधु त कतै नागाबाबाहरु हुन्छन् । ती मध्ये अघोरी र नागाहरु एउटा कठोर तपस्या गरेर आएका साधकहरु हुन्छन् ।

सन्यास परम्परामा नागा दिगम्बर रुप धारण गर्नेको समूह हो, पशुपति पनि दिगम्बरस्वरुप भएको ज्योतिर्लिङ्ग हो, यसैले प्रत्येक वर्ष दिगम्बर रुप धारण गरेका नागाले दिगम्बरस्वरुप भएको पशुपति ज्योतिर्लिङ्गमा साक्षात्कार गर्ने प्राचीन एवं अर्वाचीन परम्परा हो ।

तस्वीर : बिनोद थापा

प्रतिक्रिया दिनुहोस्