ग्ल्यामर क्यालेन्डरका लागि नाङ्गिएका अभिनेत्रीहरु



एजेन्सी : भारतका डब्बु रतलानीको ग्ल्यामर क्यालेन्डरमा बलिउडका कलाकारहरूले बोल्ड फोटो सुट गराएका छन्। 

डब्बुले आफ्नो  क्यालेन्डरको लागि विभिन्न समयमा विभिन्न अभिनेत्रीको बोल्ड शूट गराएका छन् । 

बलिउड स्टारहरु यो फोटोशूटमा सामेल हुने गरेका छन् । डब्बूले २०२० को क्यालेन्डरको लागि लिएको तस्बिर निकै भाइरल भइरहेको छ । 

यसैसन्दर्भमा डब्बूले गराएका केही बोल्ड फोटोशूट : 

सन् २०१७ मा डब्बूको क्यालेन्डरको लागि आलिया भट्टले टपलेस फोटोशूट गराएकी थिइन् । फोटोमा आलियाले कालो बिरालोलाई बोकेकी छिन् । 

त्यसैगरी,  २०१७ मा नै दीपिका पादुकोणले पनि टपलेस फोटोशूट गराइन् । जसमा दीपिका काउचमा बसेकी छिन् । 

दिशा पाटनी पनि बोल्ड लुक्समा देखिएकी थिइन् । उनले कालो रङको बुटमा टपलेस थिइन् । 

विद्या बालनले पनि डब्बू रतलानीको क्यालेन्डरको लागि फोटोशूट गराएकी थिइन् । 

यो लिस्टमा परिणीति चोपडा पनि छिन् । उनी एउटा ट्रलीमा टपलेस बसेकी छिन् ।

यसका साथै, श्रद्धा कपूर पनि यो फोटोशूटको लिस्टमा सामेल छिन् । 

कृति सेननले पनि डब्बू रतलानीको क्यालेन्डरको लागि फोटोशूट गराएकी थिइन् । 

यसका साथै पछिल्लो तीन जना अभिनेत्रीको फोटो शूटले निकै चर्चा पाइरहेको छ । कियारा आडवाणी, सनी लियोनी र भूमी पेडनेकरले २०२० को लागि फोटोशूट गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्