शिवरात्रिमा बाटो छेकेर बसेका बालकको बसले किचेर मृत्यु



दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ ।

शुक्रबार शिवरात्रिको अवसरमा बाटोमा डोरी टाँगेर बसेका दोलखाको कालिञ्चोक गाउँपालिका–९ सुन्दरावतिका पुजन थामीको ज्यान गएको हो ।

बिहान ११ बजेतिर सिंगटीबाट चरिकोट आउँदै गरेको बा ४ ख ५८०९ नम्बरको बसले थामीलाई ठक्कर दिएको हो।

बसले ठक्कर दिँदा बालकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले बताए। ‘ती बालक शिवरात्रिको अवसरमा डोरी टाँगेर बाटोमा बसेका बेला बसले ठक्कर दिएको हो,’ बोहराले जानकारी दिए ।

प्रहरीले बसका चालकलाई पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक बोहराले बताए।

प्रतिक्रिया दिनुहोस्