नेहाले पूर्व प्रेमी हिमांशसँग यसरी आक्रोश पोखिन्



एजेन्सी : बलिउडकी चर्चित गायिका नेहा कक्कर र उनका पूर्व प्रेमी हिमांश कोहली फेरि एक पटक सामाजिक सञ्जालमा चर्चामा आएका छन् ।

नेहाको हिमांश कोहलीसँग ब्रेकअप भएको एक वर्ष बितिसक्यो । नेहाले उनीहरुको ब्रेकअपबारे खुलेर कुरा गरेपनि हिमांश चुपचाप थिए । त्यसैले पनि नेहालाई हिमांसले धोका दिएको भन्ने अनुमान थियो ।

हालै एक अन्तर्वार्तामा हिमांशले नेहा कक्करसँगको ब्रेकअपबारे बोलेका छन् । उनले मिडियाले मात्र नभएर आम मान्छेले आफूलाई नेहा कक्करको एक्स भनेर बोलाउने गरेको बताए । उनले भने, ‘मलाई मिडियाले मात्र होइन, आम मान्छेले नेहाको एक्स भनेर बोलाउँछन् । मेरो सम्बन्ध कसैसित थियो । तर कसैलाई सधैं कसैको नाम जोडेर बोलाउनु कसलाई राम्रो लाग्छरु म नेहालाई लिएर एकदमै सिरियस थिए । मेरो बिहे गर्ने सोच पनि थियो । तर नेहाले नै यो सम्बन्धलाई अगाडि बढाउन चाहेनन् ।’

उनले आफुले मात्र आरोप प्रत्यारोप खेप्नुपरेको बताए । ब्रेकअप गर्ने निर्णय नेहाको भए पनि उनलाई सामाजिक सञ्जालबाट बदनाम गरेको आरोप लगाएका छन् । हिमांशले बे्रकअपको बारेमा मुख खोलेपछि नेहा कक्करले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् ।

नेहाले लेखेकी छन्, ‘मान्छेहरुले जे भने पनि मलाई केहि फरक पर्दैन । तर फेक भनेको मन पर्दैन । मेरो नामको प्रयोग नगर्नु होला । आफ्नै कामको दममा प्रसिद्ध बन्नुस् । प्रसिद्ध हुनको लागि मेरो नामको प्रयोग नगर्नुस् । यदि मैले मेरो मुख खोल्न सुरु गरेँ भने तिम्रो आमा, बुवा र बहिनीको कर्तुत पनि खोल्छु । उनीहरुले ममाथि कस्तो व्यवहार गरेका थिए, मलाई के–के भनेका थिए । मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोसिस नगर । मबाट टाढै बस र मेरो नामबाट पनि ।’

प्रतिक्रिया दिनुहोस्