नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप सुरु



धनगढी : नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आज (शुक्रवार) बाट सुरु भएको छ ।

सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा भएको चौथो संस्करणको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गरेका हुन् । उदघाटन अगाडी ट्राफिक चौराहबाट र्याली समेत निकालिएको थियो ।

२० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५-१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०-१० हजार पुरस्कार प्रदान गरिने छ ।

१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्येक्ष तथा २ करोडले अप्रत्यक्ष रुपमा प्रतियोगिता बारे जानकारी पाउने आयोजकले दावी गरेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्