आर्मीलाई हराउँदै मछिन्द्र सताक्षी गोल्डकपको फाइनलमा



काठमाडौं : तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनल प्रवेश गरेको हो।

मछिन्द्रको जितमा रेजिन सुब्बाले एक गोल गरे भने आर्मीका विकास खवासले एक आत्मघाती गोल गरे । अब मछिन्द्रले उपाधिका लागि थ्री स्टार क्लबसँग आइतबार खेल्नेछ ।

प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ भने उपविजेताले ३ लाख पाउने छ ।

प्रतिक्रिया दिनुहोस्