बसको ठक्करबाट २ जना घाईते



कैलाली : बसको ठक्करबाट २ जना गम्भीर घाईते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको बडैपुरमा अत्तरियातर्फ आईरहेको ना ५ ख ९६ नं.को बसले से ६ प ६८२२ नं.को मोटरसाईकललाई ठक्कर दिंदा दुई जना घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण विष्टका अनुसार ठक्करबाट मोटरसाईकल चालक डडेल्धुराको परशुरामका २५ वर्षिय खेमराज भट्ट र पछाडी सवार आलीताल गाउँपालिका ८ का २२ वर्षिय डम्बर भट्ट रहेका छन् ।

घाईते मध्ये डम्बरको अवस्था गम्भीर रहेको प्रहरी निरिक्षक विष्टले बताए । उनलाई थप उपचारका लागि पठाईएको छ । बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्