फिल्म ‘भारत’ को पहिलो झलक सार्वजनिक



एजेन्सीः सलमान खानको फिल्म ‘भारत’को पहिलो झलक आज सार्वजनिक गरिएको छ । फिल्म निर्माता अतुल अग्निहोत्रीले आफ्नो ट्वीटर अकाउन्टमा ‘काउन्टडाउन विगिन्स’ लेख्दै फिल्म ‘भारत’ को ट्रिजरको पहिलो झलक पोस्ट गरेका छन् ।  

अहिले सामाजिक संजालमा यसको भिडियो भाइरल भइरहेको छ । सलमानका फ्यानले त्यसलाई आफ्नो वालमा सेयर गरिरहेका छन् । फिल्ममा सलमानसँगै कटरिना क्याफ पनि मुख्य भूमिकामा छिन् । फिल्म यसैवर्ष ईदमा रिलिज गर्ने तयारी भएको छ । 

फिल्ममा सलमान खान विभिन्न अवतारमा देखा पर्नेछन् । फिल्मको सुटिङ युएई र पंजाबका विभिन्न स्थानमा भएको थियो । सलमानको पछिल्लो फिल्म ‘रेस–३’ फ्लप भएपछी ‘भारत’बाट उनले ठूलो अपेक्षा राखेको बताइन्छ । फिल्म ‘भारत’ को निर्देशन अली अब्बासले गरेका छन् । यो फिल्म २ सय करोडमा बनाइएको हो । 

प्रतिक्रिया दिनुहोस्