टेलिभिजन अभिनेत्रीको कमाई कति?



काठमाडौं : कलाकारको हरेक कुरा मानिसलाई चासोको विषय हुन्छ। चासो हुनु पनि स्वभाविक हो। कलाकारले के लगाउछन्, के खान्छन् देखि लिएर कति कमाउछन्, आम मानिसको चासोको विषय हुन्छ। प्रायः बलिउड स्टारले कति कमाई गर्छन् भनेर चर्चा हुन्छ तर आज हामी टेलिभिजन अभिनेत्रीहरुले कति कमाउछन्, यसको विषयमा चर्चा गछौं।

जेनिफर विङ्गेट


जेनिफर विंगेट अहिले टेलिभिजन दुनियाँकी सर्वा्धिक चर्चित कलाकार हुन् । जेनिफर सिरियलमा काम गरेर चर्चित मात्र हैन, रकम पनि राम्रै लिने गरेकी छिन्। उनी टेलिभिजन अभिनेत्रीहरुमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि हुन्। उनी एक एपिसोड गर्नको लागि करिब १.८५ लाख लिने गर्छिन् । साथै उनी अवार्ड कार्यक्रममा आउने रकम दोब्बर हुन्छ ।
जेनिफरले धेरै हिन्दी टेलिसिरियलमा काम गरिसकेकी छन्। उनले ‘दिल मिल गए’ र ‘सरस्वतीचन्द्र’ बाट नाम मिलेको थियो। तर योभन्दा अघि शाका लाका बुम बुम, कुसुम, कोई दिलमे हे, कसौटी जिन्दगी की, क्या होगा निम्मी का, संगम, कहीं तो होगा, कृतिका जस्ता टेलिसिरियलमा आफ्नो भूमिका निर्वाह गरिसकेकी छन् । जेनिफरले ‘राजाकी आएगी बरात’, राजाको रानी से प्यार हो गया, कुछ न कहो र फिर से, जस्ता टेलिसिरियलमा काम गरिसकेकी छिन् ।

अंकिता लोखन्डे


अंकिता लोखन्डे टेलिभिजन अभिनेत्रीहरुमा सबैभन्दा धेरै पारिश्रमिक लिने अर्की अभिनेत्री हुन्। ‘पवित्र रिश्ता’ धारावाहिककी अभिनेत्री लोखन्डेले टेलिभिजनमा निकै राम्रो कमाई गरेकी थिइन् । उनी एक एपिसोडको १.५ लाख लिने गर्थिन् । सन् २००९ बाट उनी पवित्र रिश्ता नामक धारावाहिकमा मुख्य भूमिका अर्चनालाई निभाएकी थिइन्। उनी झलक दिखला जाको चौथो संस्करणमा समाबेश हुनुका साथै कमेडी सर्कस, एक थी नायिका, पवित्र रिश्ता जस्ता कार्यक्रममा पनि अभिनय गरेकी छिन् ।

सनाया ईरानी


सनाया ईरानी एक भारतीय टेलीभिजन अभिनेत्री हुन् । उनले आफ्नो पहिलो मुख्य भुमिका स्टार वन को धारावाहिक ‘मिले जब हम तुम’ देखि शुरुवात गरेकी हुन्। सनाया स्टार प्लस को धारावाहिक इस प्यार को क्या नाम दू? मा खुशी कुमारी गुप्ताको भूमिकाबाट घर–घरमा प्रशिद्ध हुन् थालिन् । सनायाले यशराज बैनरको फिल्म फनामा एक छोटो भूमिका पनि निर्वाह गरेकी थिइन् । पछि उनले कलर्स माथि प्रसारित हुने धारावाहिक रंगरसिया मा पार्वती (पारो) नामक मुख्य भुमिका पनि निभाएकी थिइन् । टेलिभिजनकी चर्चित अभिनेत्री ईरानीले एक एपिसोडको पूरा १ लाख लिने गर्छिन् । साथै, उनी लघु चलचित्रमा पनि उत्तिकै कमाई गर्छिन् ।

देबोलिना भट्टाचार्य

देबोलिना भट्टाचार्य एक भारतीय टेलीभिजन अभिनेत्री हुन् । उनले स्टार प्लस को शो “साथ निभाना साथिया“ र “गोपी“ सिरियलबाट चर्चा कमाएकी हुन्। टेलिभिजनको दुनियामा ‘गोपी बहु’ को रुपमा चर्चित अभिनेत्री एक एपिसोडको ९०,००० लिने गर्छिन् ।

रश्मि देसाई


रश्मि देसाई एक चर्चित भारतीय टेलिभिजन अभिनेत्री हुन्। उनले धेरै सिरियलमा काम गरिसकेकी छन्। त्यति मात्र हैन उनले फिल्म पनि खेलेकी छिन्। टेलिभिजनमा छोरी, बुहारी र श्रीमतीको भूमिकामा निकै चर्चित रश्मिले एक एपिसोडको ८० हजार भन्दा बढी लिने गर्छिन् ।

निया शर्मा


एसियामै ‘सेक्सी अभिनेत्री’को रुपमा चिनिएकी निया शर्मा एक भारतीय अभिनेत्री हुन् । उनी टेलिभिजन कार्यक्रम ‘जमाइ राजा’ बाट चर्चामा आएकी हुन्। उनले धेरै सिरियल खेलिसकेकी छिन्। उहिले उनी एकदमै चर्चित सिरियल नागिन ४ मा छिन्। उनले एक एपिसोडको ७५ हजार देखि ८० हजारसम्म लिने गर्छिन् ।

हिना खान


हिना खान भारतीय टेलिभिजन अभिनेत्री हुन्। जुन २००९ दखि ‘यह रिश्ता क्या कहलाता है’ मा मुख्य भुमिका निर्भाह गरेकी थिइन्। टेलिभिजनकी ‘अक्षरा’ र ‘कसौटी जिन्दगीकी’ ‘कोमलिका’ लगाएत सिरियलको एक एपिसोडको ६५ हजार भन्दा बढी लिने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्