सहिद गाउँ सधैं उज्यालो



रोल्पा: सहिद गाउँको नामले चिनिने रोल्पाको जेल्वाङ उज्यालो गाउँ घोषणा भएको छ। सुनछहरी गाउँपालिका–७ मा पर्ने सो गाउँमा रहेका सबै घरधुरीमा लघुजलविद्युत्को सेवा विस्तार भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पामा आयोजित कार्यक्रममा सो गाउँलाई अँध्यारोमुक्त घोषणा गरेका हुन्।

माओवादी सशस्त्र युद्धताका विद्रोही र राज्य पक्षबाट सबभन्दा बढी नागरिकको मृत्यु भएको गाउँको रुपमा जेल्वाङलाई लिने गरिन्छ। सो अवधिमा गाउँका ७३ ले ज्यान गुमाएका थिए। 

प्रतिक्रिया दिनुहोस्