गोविन्द गुरागाईँको ‘कान्छि तिम्रो’ सार्वजनिक



काठमाडौं : गायक गोविन्द गुरागाईँको ‘कान्छि तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा गायक गुरागाईँकै शब्द संगीत रहेको छ । युवापुस्ताको रोजाइलाई मध्येनजर गरेर बनाइएको उक्त गीतमा रोमान्टिक शब्द रहेको छ ।

विपीन अधिकारीको छाँयांकन रहेको भिडियोलाई अर्विट पोखरेलले निर्देशन गरेका हुन् । भिडियोलाई विजय तामाङले कोरियोग्राफी गरेका हुन् ।

विजय तामाङ, रमी राई, सिर्जना सेन्च्युरी, अञ्जन गजमेर, सुजन तामाङ, विशाल तामाङ, सन्तोष तामाङको नृत्य देख्न सकिन्छ ।

भिडियो हेर्न यो लिंकमा जानुहोस् :

प्रतिक्रिया दिनुहोस्