कार दुर्घटनामा एकको मृत्यु


पोखरा : पोखरामा आज साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा–१७ बेलघारी बस्ने वर्ष २१ का जमुना क्षेत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा–१७ छोरेपाटन बस्ने वर्ष २१ का बिना थापामगर तथा उनका छोरा अन्दाजी तीन वर्षका अनिस थापामगर र मृतक महिलाको छोरी घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

क्षेत्रीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीको भनाइ थियो । दुर्घटनालगत्तै घाइतेलाई स्थानीयवासीले उद्धार गरी नजिकैको नमस्ते अस्पताल पु¥याएका थिए । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कुवेतमा थप एक नेपाली कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले

जनकपुरधाम : प्रदेश २ मा बुधबार दिउँसोसम्म १ सय ४० जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको

काठमाडौंः नेपालमा कोरोनाभाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको

काठमाडौं : नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली

बुटवाल : चैत १६ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापको शव

काठमाडौं : नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ।

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जगदम्बाका सुलभ अग्रवाललाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान

काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार १४८ जनाको ज्यान गईसकेको छ। यो

काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका

काठमाडौं : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व

बाजुरा : अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल