पूर्वी भूभागमा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात



काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

साथै पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

त्यस्तै आज राति भने पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।

शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा भोलि (आइतबार) र सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम
फागुन १० गते (शनिबार)
दिउँसो :
देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंसिक बदली रहनेछ । पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहनेछ ।

फागुन ११ गते (आइतबार)
दिउँसो :
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहन्छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।

फागुन १२ गते (सोमबार)
दिउँसो :
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मध्य तथा पूर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहन्छ ।

राति : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्