को बन्ला नयाँ सञ्चार मन्त्री ?



काठमाडौं : सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि निवर्तमान सञ्चार तथा सूचना प्रधिविमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि तातिएको नेपालको राजनीतिमा अहिले को सञ्चारमन्त्री बन्छन् भन्नेतर्फ मोडिएको छ । अहिले राष्ट्रिय जनता पार्टी सरकारमा आउने चाहना भएपनि दक्षिणको लाईन नपाएपछी पछाडि हटेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मन्त्रीहरुको खोजी शुरु भएको छ । यसपछि विभिन्न नेताहरुको नाम चर्चामा छ । अहिले सञ्चार र शहरी विकास मन्त्रालय रिक्त छ ।

राष्ट्रपति कार्यालयले बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा.युवराज खतिवडाले सम्हालेका छन् ।

श्रोतका अनुसार मृगौला प्रत्यारोपण गर्नुअघि मन्त्री मण्डल पुनर्गठन गर्ने योजनमा रहेका प्रधामन्त्री केपि शर्मा ओलीलाई पछिल्लो घटनाले छिटो मन्त्री बनाउन दवाव बढेको छ । अहिले मन्त्रीका लागि सांसदहरु सोम प्रसाद पाण्डे, राजेन्द्र गौतम, महेस बस्नेत, विशाल भट्टराई, प्रेम आलेको नाम चर्चामा छ । यीमध्ये पाण्डे यसअघि पनि मन्त्री र सभामुखका बेला पनि चर्चामा थिए । पाण्डे वरिस्ठ नेता माधव नेपाल निकट हुन भने गौतम नेकपा निकट प्रेस संगठनका ईन्चार्ज हुन् ।

त्यस्तै यसअघि मन्त्री बनेका बस्नेत युवा नेता हुन् । तीन–तीन पटक खोटाङबाट सांसद जितेका भट्टराईलाई मन्त्री बनाउन ओलिमाथी दवाव छ । यसैगरी सुदूर पश्चिमबाट मन्त्री बनाउँदा आलेको नाम आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्