बाँस्कोटामाथि अनुसन्धान गर्न उजुरी कुर्नुपर्दैन : अख्तियार



काठमाडौं : निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न कुनै उजुरी कुर्नुनपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

गत बिहीबार सेक्युरिटी प्रेस खरिद प्रक्रियामा बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ड विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको अडियो नै अनुसन्धानका लागि पर्याप्त प्रमाण भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रवक्ता कोइरालाका अनुसार अख्तियारमा उजुरीका धेरै स्रोत छन् । सञ्चारमाध्यममा आएका विषयलाई पनि उजुरीका रुपमा लिएर छानबिन अघि बढाउन सक्छिन् । उनले आइतबार कार्यालय खुलेपछि थप भन्न सक्ने र अहिले यस विषयमा थप केही नबोल्ने बताए ।

स्विस कम्पनी केबिए नोटासिसका एजेण्ट विजयप्रकाश मिश्रसँग ७० करोड ‘कमिसन डिलिङ’ भएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले गत बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा बुझाएका थिए ।

प्रधामन्त्री ओलीलाई राजीनामा बुझाएका बाँस्कोटालो ट्वीटमार्फत आफूले राजीनामा दिएको बताएका थिए । उनले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी ट्वीटमार्फत गराएका थिए ।

मन्त्री पदबाट राजीनामा दिएपछि झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेका बाँस्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्र्याका थिए ।

काभ्रे पुख्र्यौली थलो रहेका बाँस्कोटाको घर भक्तपुरमा छ । तर, मन्त्री बनेपछि उनी प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन् ।

यता सम्पत्ति शुद्धीकरण विभागले भने सार्वजनिक भएको अडियो रेकर्डकै आधारमा बाँस्कोटाको सम्पत्ति छानबिन गर्न नसकिने जनाएको छ  । विभागका महानिर्देशक रूपनारायण भट्टराईले अहिलेसम्म सार्वजनिक भएका विषयका आधारमा सम्पत्ति छानबिन गर्न नसकिने बताएका हुन् ।

सैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँस्कोटालाई कारबाही गर्नुर्ने माग राख्दै आएको छ । कांग्रेसले जबसम्म निवर्तमान बाँस्कोटालाई कारबाही हुँदैन तबसम्म संसदको काम कारबाही अगाडी बढान नदिने चेतावनी समेत दिएका छन् ।

यता सरकारद्वारा प्रतिबन्त्रित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले केपी शर्मा ओलीको सरकार देशका लागि अभिशाप भएको बताएको छ ।

हिजो (शुक्रबार) विज्ञप्ति जारी गर्दै–‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घुस) मागेको विषयले देश तरंगित भएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ ।’

प्रतिक्रिया दिनुहोस्