म्यान्मारको रखाइनमा फेरी हिंसा भड्कियो, १३ लडाकुको मृत्यु 



म्यानमार: म्यानमारको सेनाले १३ जना रखाइन लडाकुहरु मारिएको जनाएको छ । विद्रोहीहरुले यही महिनाको सुरुमा प्रहरी कार्यालयमा आक्रमण गरेकोमा त्यसको जवाफी कारबाही गर्दा उनीहरु मारिएको सैन्य अधिकारीहरुले जनाएका छन्। 

रखाइन राज्यमा पछिल्ला केही हप्तामा नयाँ तहबाट हिंसात्मक घटनाहरु सुरु भएका छन् । राखिन बौद्धहरुको छुट्टै राज्य हुनु पर्ने माग गर्दै भइरहेको विद्रोहका क्रममा विद्रोही र सरकारी सेनाबीच भिडन्त भएका हुन्। 

द्वन्द्वका कारण मुस्लिम धर्माबलम्वी रोहिङ्ग्याहरु ठूलो संख्यामा विस्थापित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सात लाख २० हजार रोहिङ्ग्याहरु बङ्लादेश विस्थापित भएका हुन्। उनीहरु त्यहाँ शरणार्थीका रुपमा बसेका छन् ।  उनीहरुविरुद्ध सन् २०१७ को अगस्टदेखि सेनाले कडा सुरक्षा कारबाही थालेपछि उनीहरु विस्थापित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्