बाँदरभन्दा पनि ‘तल्लो दर्जा’का मानिस !



काठमाडौं : जति मानिसहरु शिक्षित हुँदै गएका छन् उति नै अशिक्षित भएका छन् । कारण हो महाशिवराधिको दिन फूलैफूलले सजिएको पशुपतिनाथको उजाड दृश्य ।

मनिसहरु शिक्षित छन् तर बादरको जस्तो व्यवहार देखाएको पछिल्लो घटना हो ।

हिजो (शुक्रबार) महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले करिब दुई करोड खर्चिएर उक्त सजावट गरेको थियो । तर, महाशिवरात्रिको भोलिपल्ट अर्थात आज (शनिबार) बिहान पशुपतिनाथको सौन्दर्य उजाडिएको थियो । त्यो सौन्दर्य बाँदरले बनाएको हैन, मानिसले उजाड बनाएका थिए ।

दुई करोड खर्चिएर किनिएका रंगीचंगी फूलबाट पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर र त्यस वरपरका स्थान आकर्षक तरिकाले सजाएको थियो । उक्त फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारतलगायतका देशबाट ल्याइएको थियो । तर, आज बिहान पशुपतिनाथ मन्दिरमा पुग्दा पशुपतिनाथ रंगहीन देखियो ।

शनिबार बिहान पशुपतिनाथ पुग्दा पनि मानिसहरुले फूल चुँडिरहेका थिए भने कोही आकाशतिर फूलका थुंगाहरु फाल्दै रमाइरहेका थिए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बाँदरबाट फूल जोगिए पनि मानिसबाट जोगाउन नसकेकोमा गुनासो गर्छन् ।

सचिव ढकालका अनुसार पशुपतिको यो सजावट बाँदरबाट कसरी जोगाउने भन्ने चिन्ता थियो । तर, बाँदरबाट जोगाएपनि मानिसबाट जागाउन सकिएन ।

उनलाई यो सजावट बाँदरबाट कसरी जोगाउने होला भन्ने चिन्ता थियो । उनले भने–‘तर, बाँदर चढ्न सक्ने ठाउँको जजावट सुुरक्षित छ, मान्छेले भेट्न सक्ने ठाउँको फूलहरु सबै चुडिएका छन् । हेर्दै विरक्त लाग्दो दृश्य ।’

प्रतिक्रिया दिनुहोस्