मेक्सिकोमा विष्फोट, २० जनाको मृत्यु



मेक्सिको सिटी:  मेक्सिकोको मध्य भागमा भएको विस्फोटनमा परि कम्तीमा २० जनाको मृत्यु भएको छ।  स्थानीय अधिकारीले दिएको जानकारीअनुसार हिडाल्गो राज्यमा भएको सो घटनामा परि अन्य ५४ जना घाइते भएका छन्। 

स्थानीय समयअनुसार बेलुका ७ बजे सान प्रिमिटिभो समुदायको बस्तीमा घटना भएको हो।  इन्धन संकलन गर्न स्थानीय बासिन्दा भेला भएको बेला पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ।  पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको हिडाल्गोका गर्भनर ओमार फायाडले बताए।  

प्रतिक्रिया दिनुहोस्