प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको ६९ औं जन्मदिनको अवसरमा ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सो पुस्तक राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् । आप्नो जन्मदिनको अवसर पारेर ओलीले पुस्तक ल्याएका हुन् ।

२४० पृष्ठको सो पुस्तकमा ओलीले बिकास र समृद्धिका बारेमा देखेका सपना र त्यसबारेमा गरिएको महत्वपुर्ण सम्बोधन एवं लेखहरु समावेश गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीका ९० वर्षीय बुवा मोहनप्रसाद ओली मञ्चमा पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर सार्वजनिक भयो ।

प्रतिक्रिया दिनुहोस्