श्रीमतीलाई यसरी खुसी बनाउनुहाेस् …



एजेन्सी : श्रीमतीलाई खुसी बनाउन सकियो भने घर स्वर्गजस्तै सुन्दर बन्न सक्छ । श्रीमतीलाई खुसी बनाउन उनको तुलना अरु कुनै केटीसँग गर्नु हुँदैन । 

श्रीमतीलाई काली, परी, माया, बेबी र मेरी महारानी भनेर बोलाउनु पर्छ । बाहिर निस्कँदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फर्कियो भने श्रीमती खुसी हुन्छिन् । भुलेर पनी श्रीमतीको माइती पक्षको नराम्रो कुरा निकाल्नु हुँदैन । यसरी श्रीमान् र श्रीमतीको सम्बन्ध बलियो बन्छ ।

छुट्टीको दिनमा घरको सरसफाइ, कपडा धुने, बजार जाने र खाना पकाउन सहयोग गर्नुपर्छ । अफिसका लागी आफ्नो खाजा आफैँ प्याक गर्नुपर्र्छ । आफू जतिसुकै व्यस्त भए पनि दिउँसोको समयमा श्रीमतीलाई फोन गरेर के छ कस्तो छ भनेर सोध्नु पर्छ । श्रीमतीलाई खुसी बनाउन विवाहको  औंठी लगाउने र मोबाइलको स्क्रिन र पर्समा श्रीमतीको फोटो राख्नु राम्रो हुन्छ ।

श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाए पनि खाना साह्रै मिठो छ भनेर तारिफ गर्नुपर्छ । हरेक कुराको अधिकार श्रीमतीलाई दिनुपर्छ । उनको योजना गलतै भयो भने सम्झाएर सही योजनामा काम गर्न लगाउनुपर्छ । 

अफिसको काम र साथीभाइका कुरा श्रीमतीलाई नसुनाएकै राम्रो हुन्छ । श्रीमतीका कुरा सुन्ने र उनको मागअनुसारको सपिङ गरीदिनुपर्छ । बजार जाँदाआउँदा श्रीमतीको झोला बोकिदिनुपर्छ । श्रीमतीसँग सकेसम्म सत्य बोल्नुपर्छ ।

श्रीमतीले ल्याइदिएको सामान मन नपरे पनि राम्रो छ भनेर तारिफ गरिदिनुपर्छ । फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेन्ट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्