बझाङको १० स्थानीय तहमा बैंकिङ सेवा, हेराैं कुन स्थानीय तहमा बैंक ?



बझाङ : बझाङका १२ स्थानीय तह मध्ये १० स्थानीय तहमा बैंक पुगेका छन् । साइपाल गाउँपालिका र थलारा गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा बैंकिङ् सेवा सञ्चालनमा आएको हो ।

गाउँघरमै बैंक स्थापना भएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । तल्कोट गाउँपालिकाकी शर्मिला विकले भनिन्, 'ढिलै भए पनि गाउँपालिका केन्द्रमा एभरेष्ट बैङ्को शाखा आएर बैंकिङ कारोबार भएपछि सेवा लिन सजिलो भएको छ ।'

तर बैंक स्थापना नभएका साइपाल र थलारा गाउँपालिकाका स्थानीयले भने पटकपटक पहल गरे पनि बैंकहरुले अटेरी गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

हराैं कुन स्थानीय तहमा कुन बैंक पुगे ?

तल्कोट गाउँपालिका – राष्ट्रिय बाणिज्य बैंक

मष्टा गाँउपालिका – राष्ट्रिय बाणिज्य बैंक

सुर्मा गाउँपालिकामा – एभरेष्ट बैंक

खप्तडछान्ना गाउँपालिका – प्राइम बैंक

छबिसपाथिभेरा गाउँपालिका – कुमारी बैंक 

दुर्गाथलि गाउँपलिका – कुमारी बैंक 

केदार स्युँ गाँउपालिका – इन्भेष्टमेन्ट बैंक 

बुंगल नगरपालिकामा – कृर्षि विकास बैंक 

वित्थडचिर गाउँपालिका – नविल बैंक 

जयपृथ्वी नगरपालिका – राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट बैंक, कृर्षि विकास बैंक, नेपालबङ्लादेश बैंक, सिटिजन बैंक, एनआइसी एसिया बैंक, सनराइज बैंक, लक्ष्मी विकास बैंक, कुमारी बैंक लगायत दर्जनाैं बैंकले सेवा दिइरहेका छन् ।

बैंक स्थापना हुन बाँकी थलारा गाउँपालिकामा एनआइसी एसिया र साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा स्थापना गरी सेवा दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्