राइनो गोल्डकप फुटबल : हिमालयन शेर्पा सेमिफाइनलमा



काठमाडौं : राइनो गोल्डकप फुटबलमा इन्द्रेणी एकीकृत विकास केन्द्रलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

नवलपुरमा शनिबार भएको क्वाटरफाइनलमा कास्कीको इन्द्रेणी एकीकृत विकास केन्द्रलाई ३–२ गोल अन्तरले पराजित गर्दै शेर्पा सेमिफाइनल प्रवेश गरेको हो।

शेर्पाको जितमा विजय श्रेष्ठले दुई गोल गरे भने त्रिदेब गुरुङले एक गोल गरे । इन्द्रेणीका लागि अनुप गुरुङ र रोशन राना मगरले एक एक गोल गरे । अब शेर्पाले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्