लागुऔषध कारोबारमा संलग्न होटल सञ्चालकसहित २ जना पक्राउ



धनगढी : प्रहरीले धनगढीबाट लागुऔषध खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनगढी उपमहानरपालिका-४ बसपार्कमा रहेको अछाम होटलबाट ३ ग्राम ४१० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अछामको चौरपटी गाउँपालिका-४ घरभई हाल धनगढी उपमकानगरपालिका– ४ बस्ने अछाम होटलका सञ्चालक समेत रहेका बिजय साउँद र धनगढी उपमहानगरपालिका– २ का ३३ वर्षिय सुनिल कुँवर रहेका छन् ।

दुवैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाशसिंह कार्कीले बताका छन् ।

प्रतिक्रिया दिनुहोस्