दाङमा बस दुर्घटना हुँदा चार घाइते, दुईको अवस्था गम्भीर



 दाङ : दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।  शनिबार दिउँसो १ बजे रा१क ४९६ नम्बरको बस सडकमै पल्टिएको दाङका प्रहरीले जनाएको छ। 

उनकाअनुसार गम्भीर घाइते दुई जनालाई कोहलपुर रिफर गरिएको छ भने अन्य दुई जनाको तुल्सीपुरमै उपचार हुँदैछ। घटनाका बारेमा प्रहरीले अनसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्